Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसकारण भिलेन बने अमरीश

बिहीबार, मंसिर ८, २०७९
मुम्बई—बलिउडमा भिलेनको कुरा गर्दा नछुट्ने नाम हो, अमरीश पुरी । जब उनी पर्दामा भिलेन बनेर आउँथे, तब दर्शकमा डरको सीमा नै रहँदैन थियो । उनी भारतीय फिल्मको सबैभन्दा प्रभावशाली अभिनेतामा गनिन्थे । अमरीश बलिउडमा हिरो बन्न आएका थिए । तर उनको भाग्यले उनको चाहना विपरीत भिलेन बनाइदियो । अमरीश आजकै दिन अर्थात जून २२, १९३२ मा पञ्जाबको जालन्धरमा जन्मिएका थिए । अमरीश मदन पुरीका भाई हुन् । जसले बलिउडका करिब ४ सय ३० फिल्ममा अभिनय गरेका थिए । सुरुवातमा अमरीशले भाईलाई काम माग्दा भाईले उनको अनुहार हिरो बन्ने जस्तो नरहेको बताएका थिए । यसपछि अमरीशले थिएटरमा आफ्नो करियरको सुरुवात गरे । सन् १९६७ मा उनको पहिलो मराठी फिल्म ‘शंततु’ प्रदर्शन भयो । यो फिल्ममा उनले एक दृष्टिविहिनको भूमिकामा अभिनय गरेका थिए । बलिउडमा भने उनले सन् १९७१ मा फिल्म ‘रेश्मा और शेरा’बाट पाइला चालेका थिए । अमरीशलाई दर्शकले धेरै भूमिकाका लागि चिन्छन् । तर उनलाई बलिउडमा स्थापित गराउने चरित्र मोगेम्बो नै बन्यो । यो चरित्र फिल्म ‘मिस्टर इण्डिया’मा थियो । उनको संवाद ‘मोगेम्बो खुश हुआ’ अझै पनि लोकप्रिय छ । अमरीशको निधन सन् २००५ मा ब्रेन हेमरेजका कारण भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार