Nic Ad Nic Ad
Nic Ad Nic Ad

सम्राट पृथ्वीराजको असफलतामा अक्षय दोषी !

बिहीबार, मंसिर ८, २०७९
मुम्बई—बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज फिल्म ‘सम्राट पृथ्वीराज’ वर्षकै प्रतिक्षित फिल्म थियो । तर जब फिल्म रिलिज भयो, यसले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । फिल्मले दर्शक नगन्यमात्र पायो । दुई सय करोडको यो फिल्मका लागि सय करोड कमाउन पनि मुस्किल नै पर्यो । यस्तो अवस्थामा फिल्मको असफलतामा को दोषी भन्ने बहस अहिले बलिउडमा छ । फिल्मको खराब व्यापारलाई लिएर निर्माता आदित्य चोपडा निरास छन् । उनले फिल्म नचल्नुको प्रमुख दोषी अक्षय कुमार रहेको आरोप लगाएका छन् । यशराजकै व्यानरमा निर्माण भएको फिल्म ‘जयेशभाई जोरदार’ पनि फ्लप भएको थियो । यो फिल्मले पनि कैयौं हलमा दर्शक अभाव नहुँदा शो नै रद्द भएको सामना गरिरहँदा ‘सम्राट पृथ्वीराज’ पनि त्यही समस्याबाट गुज्रियो । अहिले निर्माण पक्षले फिल्म असफलताको सबै आरोप अक्षयमाथि लगाएको छ । ‘सम्राट पृथ्वीराजलाई एक समर्पित एकाग्रताको आवश्यकता थियो । फिल्मका लागि अक्षयले वास्तविक जुँगासमेत पालेनन् । किनकी उनी अर्को प्रोजेक्टको पनि हिस्सा थिए । जब तपाईं कुनै ऐतिहासिक भूमिका निभाइरहनु भएको छ भने अक्षय कुमारले त्यस्तै भूमिकामा किन राम्रो काम गर्न सकेनन् ? यतिमात्र होइन, फिल्मको आर्किटेक्ट पनि सम्राट पृथ्वीराजको असफलताको कारण बनेको छ । यसको दोषी पनि अक्षय नै हुन्’, निर्माता निकट स्रोतले भनेको छ । —आजतक
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्