अफगानिस्तानमा भूकम्पमा परी २५० बढीको मृत्यु
काठमाडौँ - अफगानिस्तानमा आज (बुधबार) बिहान गएको भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीले ६.१ म्यग्निच्युडको उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या २५० नाघेको बीबीसीले उल्लेख गरेको छ । भूकम्पमा परी १५० भन्दा धेरै मानिसहरु घाइते भएको जनाइएको छ ।
दक्षिण पूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाई गएको भूकम्पको धक्का पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको थियो । भारतको केही स्थानमा समेत उक्त भूकम्पको धक्का महसुस गरिएको थियो ।
अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता बिलाल करिमीले सामाजिक सञ्जालमार्फत उक्त भूकम्पमा परी सयौं मानिसहरु घाइते भएको र दर्जनौं घरमा पनि क्षति पुगेको बताएका छन् । उनले सबै सहयोग एजेन्सीहरुलाई उद्धारमा जुट्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०८
प्रतिक्रिया दिनुहोस्