Nic Ad Nic Ad
Nic Ad Nic Ad

तयार हुँदै कविकुञ्ज (तस्वीरहरू)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– विवाद र विरोधकाबीच भत्काइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर कविकुञ्जको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जको बाहिरी आकृतिलाई जस्ताको त्यस्तै राखेर १ बर्षमा पुननिर्माण गर्ने गरी ठेक्का दिएको अवधि आउँदो साउन ११ गते सकिँदैछ । सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको कविकुञ्जको मुख्य संरचना निर्माण लगभग पूरा भइसकेको छ भने भित्रि संरचनालगायत निर्माण भइरहेको छ । १२ आना क्षेत्रफलमा बन्ने  चारतल्ले भवनलगायतका लागि ७ करोड ११ लाख ७२ हजार ३९४ रुपैयाँ ४३ पैसामा बीकेओआई एमके जोइन्ट भेन्चरलाई ठेक्का दिइएको हो । सङ्ग्रहालय परिसरको अग्रभागमा देवकोटाको पूर्णकदको सालिक रहने छ । यस्तै कवि गोष्ठी गर्न र नाटक प्रहसन देखाउन मिल्ने गरी एउटा डबली समेत निर्माण गरिने प्रतिष्ठानले जनाएको छ । परिसरमा प्रतीक्षालय, श्रव्यदृश्य कक्ष र बगैँचा समेत निर्माण गरिनेछ । सङ्ग्रहालय भवनको पहिलो तल्लामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामाग्री, दोस्रो तल्लामा देवकोटाका प्रकाशित, अप्रकाशित र पाण्डुलिपि सङ्ग्रह गरिने छ भने तेस्रो तल्लामा परामर्श कक्ष र सभाकक्ष बनाइने प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्