तौल घटाउँदै अभिनेता पुष्प
काठमाडौं— अभिनेता पुष्प खड्का बौद्धको एसआई फिटनेशको ब्राण्ड एम्बासेडरमा नियुक्त भएका छन् । एक वर्षअघि सञ्चालनमा आएको यो फिटनेशको पुष्प बुधबार एम्बासेडरमा नियुक्त भएका हुन् ।
‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स ९’को लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ,’ पुष्पले भने ।
पुष्पले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशिल श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने गरेको खुलाए । ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाईलाई देख्छु,’ उनले भने ।
अभिनेता खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्ब्यासडरमा नियुक्त गरेको एस आई फिटनेशनका सञ्चालक कुमार स्याङ्बोले जानकारी दिए । उनले, अहिले फिटनेश सेन्टरमा ३ सय जना नियमित रुपमा जिम गर्न आउने गरेको बताए ।
कुमारले देशभर नै एस आई फिटनेशनको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाडै नै महाराजगञ्जमा शाखा खोल्न लागेको समेत बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:३४
प्रतिक्रिया दिनुहोस्