Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभिनेता विजय बाबूलाई अग्रिम जमानत

बिहीबार, मंसिर ८, २०७९
मुम्बई— करिब दुई महिनादेखिको लामो कानूनी झमेलापछि अभिनेता तथा निर्माता विजय बाबूले बुधबार केरल उच्च न्यायालयबाट अग्रिम जमानत पाएका छन् । विजयमाथि अभिनेत्रीद्वारा बलात्कारको आरोप लगाएकी थिइन् । जसकारण उनी दुई महिनादेखि जेलमा थिए । अभिनेतालाई जून २७ मा पुलिस जाँच दल समक्ष उपस्थित हुन आदेश दिइएको छ । अदालतले प्रहरीलाई विजयसँग सोधपुछका लागि जून २७ देखि जुलाई ३ सम्मको समय दिएको छ । अदालतले अभिनेता विजयलाई कुनै पनि अवस्थामा राज्य नछोड्न आदेश दिएको छ । गत अप्रिल २२ मा कोझीकोडकी एक अभिनेत्रीले एनार्कुलममा उजुरी दर्ता गराउँदै कोच्चीको एक फ्ल्याटमा विजयले आफूमाथि कैयौं पटक बलात्कार र कुटपिट गरेको आरोप लगाएकी थिइन् । यो घटना बाहिर आउनासाथ विजयले आफ्नो सामाजिक सञ्जालमा लाइभ आउँदै यो मामलामा आफू वास्तविक पीडित भएको दाबी गरेका थिए । उनले अभिनेत्रीको नाम लिँदै आफू उचित कानूनी कदम उठाउने बताएका थिए । प्रहरीले प्राथमिक उजुरीका अलावा उजुरीकर्ताको नाम सार्वजनिक गरेको विषयमा अभिनेताविरुद्ध दोस्रो मुद्धा पनि दर्ता गरेको छ । —आपकीखबर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार