Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाबालिगमाथि यौन उत्पीडन मामलामा बिल दोषी ठहर

बिहीबार, मंसिर ८, २०७९
लसएञ्जल्स—अमेरिकी स्टेण्डअप कमेडियन तथा अभिनेता बिल कस्बीलाई नाबालिगका साथ यौन उत्पीडन मामलामा अदालतले दोषी ठहर्याएको छ । गत मंगलबार क्यालिफोर्नियाको अदालतले उनलाई दोषी ठहराएको हो । बिलमाथि सन् १९७५ मा एक नाबालिगका साथ प्लेब्वाइ मेन्सनमा यौन शोषण गरेको आरोप लागेको थियो । अदालतले बिलमाथि ५ लाख रुपैंयाँ डलर जरिवाना लगाएको छ । एक महिलाले बयान दिँदै कमेडियनले उनी र उनकी साथीलाई आफ्नो मेन्सनमा बोलाएको बताएकी थिइन् । त्यो बेला ती महिला १६ वर्षकी थिइन् र कमेडियन ३७ वर्षका थिए । त्यही बेला बिलले उनलाई यौन शोषण गरेका थिए । ती महिला अहिले ६४ वर्षकी भइन् । अदालतको निर्णयबाट महिला खुशी छिन् । यद्यपि कस्बीले आफूमाथि लागेको आरोपलाई गलत भनेका छन् । उनले आफू निर्दोष रहेको दाबी गरेका छन् । महिलाले बिलविरुद्ध सन् २०१४ मा मुद्धा दायर गरेकी थिइन् । बिल जेलबाट रिहा भएको एक वर्षपछि यो फैसला आयो, जब पेन्सिलवेनियाको उच्च अदालतले एक अलग आपराधिक मामलामा कमेडियनलाई यौन उत्पीडनको सजाय खारेज गरिदिएको थियो । महिला क्यालिफोर्निया कानून अनुसार यदि कसैका साथ बाल्यकलामा शोषण भयो भने ठूलो भएपछि पनि मामला दर्ता गराउन सकिनेछ । बिल उनको कमेडी शो ‘द कस्बी शो’का लागि चिनिन्छन् । यसमा उनले एक प्रिय पिता र पतिको भूमिका निर्वाह गरेका थिए । यो शोले उनलाई ‘अमेरिका ड्याड’को उपनाम दिएको थियो । बिलमाथि ५ दशकमा करिब ५० बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार