Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से ३१.२१ अंकले घट्यो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– बुधवार नेप्से परिसूचक फेरि ओरालो लागेको छ । आज नेप्से ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा आएको छ । आज ८४ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२९ कम्पनीको ३० लाख ३४ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा ३ करोड ३९ लाख रुपैयाँसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्स रहेका छन् ।      
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:१८
प्रतिक्रिया दिनुहोस्