अख्तियारद्वारा तत्कालीन नायव सुब्बा झाविरुद्ध भ्रटाचार मुद्दा दायर
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ बराबरको भ्रटाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत झा र उनको परिवारसँग ४ करोड ८७ लाख ३८ हजार २ सय १० रुपैयाँ सम्पत्ति भएको तथ्यांक सार्वजनिक गर्दै आयोगले त्यसमध्ये २ करोड ४२ लाख ६७ हजार १ सय ४ रुपैयाँको स्रोत खुलेको र स्रोत खुलाउन नसकेको सम्पत्ति भ्रष्टाचारबाट कमाएको ठहर गर्दै मुद्दा दायर गरेको हो ।
झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे–बढाएको सम्पत्तिका मालिक पत्नी मीनादेवी झा, छोराहरु दिवाकरकुमार झा, शिवाकरकुमार झा र करुणाकरकुमार झालाई पनि प्रतिवादी बनाएको छ । आयोगले तिनीहरुको नाममा रहेको सम्पत्ति पनि जफत गर्नुपर्ने माग दाबी लिँदै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारले केही दिनअघि चार वर्षमै ६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अर्का नायब सुब्बालाई मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:१७
प्रतिक्रिया दिनुहोस्