किन अधिकांश मानिसको कपाल कालो हुन्छ ? यस्तो छ कारण
नेपालमा अधिकांश मानिसको कपाल कालो रंगको हुन्छ । केहि अपवादलाई छाड्ने हो भने अधिकांश बच्चा कालो कपालका साथ नै जन्मिन्छन् । तर कपालको रंग किन कालो हुन्छ होला ? किन कपालको रंग हरियो, पहेलो, निलो वा रातो हुँदैन ?
कपाल हाम्रो शरीरको महत्वपूणर् भाग हो । यसले केवल मानिसको व्यक्तित्वमा सकारात्मक प्रभाव पार्ने मात्र नभइ शरीरको रक्षा समेत गर्दछ । कपाल कालो हुनुमा प्राकृतिक कारण वा प्रक्रिया छैन । बरु यसमा मेलानिन नामक एक तत्वले काम गर्दछ ।
हरेक मानिसको शरीरमा मेलानिन हुन्छ । यदि मानिसको शरीरमा मेलानिनको मात्रा बढि छ भने छालाको रंग कालो हुन्छ । यस्तै कपालको रंग पनि मेलानिन नामक तत्वमै निर्भर गर्दछ । यदि कसैको शरीरमा मेलानिन प्रचुर मात्रामा छ भने कपाल पनि एकदमै कालो हुन्छ । तर कम भयो भने खैरो, सुनौलो वा सेता पनि हुने गर्दछ ।
मेलानिन सामान्य मात्रामा छ भने पनि कपाल कालो नै हुन्छ । तर यस तत्वको मात्रालाई भौगोलिक स्थितिले पनि नियन्त्रण गर्दछ । चिसो क्षेत्रमा बस्ने मानिसको कपालको रंग सुनौलो हुन्छ भने उनीहरुको शरीरमा मेलानिनको मात्रा पनि निकै कम मात्रामा हुने गर्दछ । अनुसन्धान अनुसार मेलानिनका अलावा मानिसको वंशाणुगत कारणले पनि कपालको रंग कालो हुने वा नहुने भन्ने हुन सक्छ । जी न्यूज डटकम
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३२
प्रतिक्रिया दिनुहोस्