जीप दुर्घटनामा युवकको मृत्यु
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा सरकारी जीप दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका-७ स्थित दैलेख-सुर्खेत सडक खण्डमा बा १ झ ८७८४ नम्बरको सरकारी जीप दुर्घटना हुँदा रूकुम चौरजहारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार ब्रेक फेल भएर जीप सडकभन्दा २५ फिट तल खसेको छ । दैलेखबाट सुर्खेत जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचारको क्रममा वीरेन्द्रनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:११
प्रतिक्रिया दिनुहोस्