बढ्यो सुनको भाउ
काठमाडौँ - सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैंयाँले बढेर ९७ हजार ५०० रुपैंयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैंयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैंयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २५० रुपैंयाँ तोकिएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३९
प्रतिक्रिया दिनुहोस्