Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओरालो यात्रामा नेप्से, आज पनि ४५.२५ अंकले घट्यो

शुक्रबार, मंसिर ९, २०७९
काठमाण्डौ – शेयर बजार आज बिहीवार पनि उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । बेच्नेहरूको लहरका कारण कारोबार रकम भने बढेको छ । दुई सय ३७ वटा कम्पनीको ५० लाख आठ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको नौ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको शेयर साढे नौ प्रतिशतले तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि आँधीखोला र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४०
प्रतिक्रिया दिनुहोस्