Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्माइल मेकर्स डेन्टल होममा विशेष छुट

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहले ललितपुरको गोदावरी स्थित स्माइल मेकर्स डेन्टल होमले उपलब्ध गराउने सेवामा आकर्ष छुट पाउने भएका छन् । उक्त डेन्टल होमले दिने सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको हो । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:३९
प्रतिक्रिया दिनुहोस्