यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ९९ पैसा र बिक्री दर १२५ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ११ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ५८ पैसा र बिक्री दर १५३ रुपैयाँ ३१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ७ रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १९ पैसा र बिक्री दर ८७ रुपैयाँ ६० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८८ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ३१ पैसा र बिक्री दर ३३ रुपैयाँ ४७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २१ पैसा र बिक्री दर ३४ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम भएको छ ।