Nic Ad Nic Ad
Nic Ad Nic Ad

धेरै बेर नटिकेको खुशी (तस्वीरहरू)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– एसीसी महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । ८२ रनको मध्यम लक्ष्य पाएपनि वर्षाका कारण दोस्रो इनिङ हुन नसकेपछि समुह चरणको नतिजाका आधारमा यूएई विजेता घोषणा भयो । खेलको पहिलो इनिङको प्रदर्शनबाट खुशी बनेको नेपालको खुशी धेरैबेर टिक्न सकेन । नतिजासँगै टी-ट्वान्टी एसिया कप खेल्ने नेपालको सपना पनि यसपटकका लागि अधुरै रहनपुग्यो । मलेसियाको किनरारा ओभल मैदानमा बलियो टोली यूएईसँग नेपालले राम्रो बलिङ गरेको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले युएईलाई १९ ओभर ५ बलमा ८१ रनमा अलआउट गराएको थियो । नेपालकी अस्मिना कर्माचार्यले ५ विकेट लिईन् भने इन्दु वर्माले ३ र सीता रानाले २ विकेट लिए । तीन ओभर ५ बल बलिङ गरेकी अस्मिनाले मात्र १० रन खर्चिएर ५ विकेट लिएकी थिइन् । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कपमा छनोट हुने भएकाले नेपालका लागि आजको खेल महत्वपूर्ण थियो । तस्वीर-क्यान
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्