Nic Ad Nic Ad
Nic Ad Nic Ad

खाबीः उद्योगको मजदुरीबाट उदाएका टिकटक स्टार

बिहीबार, मंसिर ८, २०७९
लसएञ्जल्स– सामाजिक सञ्जाल एक यस्तो प्लेटफर्म हो, जहाँ रातारात कोही पनि मानिस स्टार बन्न सक्छ । कुनै पनि व्यक्तिकोएक भाइरल भिडियोले उसलाई सबैको विशेष बनाउन सक्छ । यस्तै एक व्यक्ति छन्, खाबी लेम । खाबी सामाजिक सञ्जालका एक चिनिएका नाम हुन् । उनले सर्ट भिडियो प्लेटफर्ममा एक रेकर्ड कायम गरेका छन् । उनले चार्ली डीअमेलियो जस्ता सोसियल मिडिया स्टारलाई फलोअर्सको मामलामा पछि पारेका छन् । चार्लीको टिकटकमा करिब १ सय ४२ दशमलब ३ मिलियन फलोअर छन्, जबकी खाबीको फलोअर संख्या १ सय ४२ दशमलब ८ मिलियन छ । खाबी विना संवाद आफ्नो अनुहारको हाउभाउ र हातको हाउभाउले दर्शकलाई हसाउँछन् । सामाजिक सञ्जालमा कैयौं यस्ता व्यक्ति छन्, जसले भ्यूज पाउनकै लागि सामान्य वस्तुलाई पनि जटिल बनाइदिन्छन् । खाबी कुनै पनि कठिन वस्तुलाई आफ्नो कमेडी शैलीले दर्शकलाई देखाउँछन् । उनको एक कमेडी भिडियोमा करिब ८ देखि १० मिलियन्स लाइक आउँछ । इस्टाग्राममा उनको फलोअर्स संख्या ७८ मिलियन बढी छ । यूरोपको सेनेगलमा जन्मिएर एक उद्योगमा सामन्य किसिमको का मगर्ने २२ वर्षका खाबीको शैलीलाई जोकोहीले पछ्याइरहेका छन् । उनको बाल्यकाल निकै कठिनाईमा बितेको थियो । उनले निकै कम उमेरमा एक उद्योगमा काम गर्न सुरु गरे र त्यहीबाट सामाजिक सञ्जालमा कमेडी भिडियो बनाउँदै राख्न थाले । उनको अमेरिका, भारत, यूरोपलगायतका देशमा जबरदस्त फ्यान फलोइङ छ । –दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार