Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोलियममा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियममा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणलाई बढी असर गरेको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले निगमका पदाधिकारीसँग छलफल गरेको थियो । छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

अहिले पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्