भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख गोयलको पदावधि एक वर्ष थप
नयाँ दिल्लीः भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख सामन्त कुमार गोयलको पदावधि एक वर्ष थप गरिएको छ।
भारतीय सरकारले गोयललाई सन् २०२३ को जुन ३० सम्मका लागि पदावधि थप गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सचिव दीप्ती उमाशंकरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनी सन् २०१९ को जुन २६ मा रअ प्रमुखमा नियुक्त भएका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:४७
प्रतिक्रिया दिनुहोस्