ललितपुर महानगरपालिकाले ल्यायो ६ अर्व ३५ करोडको बजेट
काठमाडौँ - ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३५ करोड ३५ करोड ३ हजार रुपैयाँको बजेट ल्याएको छ ।
ललितपुर महानगरको शुक्रबारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले उक्त बजेट पेस गरेका हुन् । महर्जनले नगरसभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए ।
महानगरलाई नागरिकमैत्री स्थानीय सरकारको परिचय स्थापित गर्ने संकल्प पूरा गर्ने महानगर प्रमुख महर्जनको भनाइ थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०५
प्रतिक्रिया दिनुहोस्