पसिना गन्हाएर असहज भएको छ ? यी हुन् उपयोगी टिप्स
गर्मी मौसमको सबैभन्दा ठूलो समस्या भनेकै पसिना गन्हाउनु हो । पसिना गन्हाउने कारणले कतिपयलाई अरुको सामुन्ने जान पनि समस्या हुने गर्दछ । तर केहि यस्ता सहज टिप्स छन् जसलाई पालना गरे पसिना गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
महिलाको लागि उपाय – तनावको कारणले पनि पसिना गन्हाउने भएकाले सबैभन्दा पहिले तनावमुक्त रहनुस् । – पसिना गन्हाएमा महिलाले बास्नादार तथा फलफुलबाट बनेका पर्फ्युम प्रयोग गर्नुहोस् । – घरेलु पदार्थ जस्तै जिरा, कागती, कपुरबाट बनेका पर्फ्युमको प्रयोगले पसिना गन्हाउदैन । – खानाका लागी तालिका मिलाई परिवर्तन गर्दै खानुहोस् । – कपडाको रंग तथा कपडाको किसिमले पनि शरीरमा पसिनाको गन्ध आउन सक्छ । त्यसैले उपयुक्त कपडा छनोट गरेर लगाउनुस् ।
पुरुषको लागि उपाय – नियमित काखी सफा गर्नुहोस् । – नुहाउदा जहिले एन्टीव्याक्टेरियल साबुनको प्रयोग गर्नुस् । – जंक फुड तथा कफि, अल्कोहल लगायत पेय पदार्थ नखानुस् । – एकदमै कडा बास्नादार पर्फ्युम प्रयोग नगर्नुस् । – नुहाइसकेपछि कागतीको रस, तथा अन्य फुलको रसबाट बनेको पर्फ्युम प्रयोग गर्नुहोस् । यसले शरीरमा सुगन्ध छाउने छ ।
प्रभावकारी उपाय – पर्याप्त पानी खाने – चुरोट, सुर्ती र रक्सी सेवन नगर्ने – शाकाहारी खाना मात्र खाने