हङकङको स्वतन्त्रता दिवसमा चिनियाँ राष्ट्रपति सी सरिक हुने
काठमाडौँ– हङकङ बेलायती उपनिवेशबाट मुक्त हुँदै चीनलाई हस्तान्तरण गरिएको २५ वर्षको अवसरमा आयोजना हुने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ सरिक हुने भएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङको नयाँ सरकारको शपथ ग्रहणमा पनि सी सामेल हुनेछन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार हङकङ बेलायतबाट मुक्त भएको २५ औं वर्षगाँठ मनाउन र हङकङको छैटौं सरकारको कार्यकालको उद्घाटनका लागि चिनियाँ राष्ट्रपति सी जान लागेका हुन्।
शनिबार कार्यकाल सकिन लागेकी हङकङ प्रमुख क्यारी लाम र आगामी हङकङ प्रमुख जोन ली का चिउले एक विज्ञप्ति जारी गर्दै जुलाई १ मा हुने उक्त समारोहमा सरिक हुने राष्ट्रपतिको निर्णयप्रति आभार व्यक्त गरेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:४७
प्रतिक्रिया दिनुहोस्