Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोल र डिजेलकाे मूल्य घट्यो, नयाँ मूल्य कति ?

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– सरकारले पेट्रोल र डिजेलकाे मूल्य घटाएको छ ।  पेट्रोलमा २० रुपैयाँ र डिजेलको मूल्य २८ रुपैयाँ घटाएको उद्योग वाणिज्य आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । पहिले १९९ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १७९ रुपैया कायम भएको छ । यस्तै डिजेलको मूल्य १९२ रुपैयाँबाट घटाएर १६३ रुपैयाँ बनाइएको मन्त्री बडूले बताए । यो निर्णयले अन्य वस्तुको भाउ समेत घट्ने मन्त्री बडूले बताए । मन्त्री बढुले आगामी दिनमा बजार अनुगमनलाई तीव्रता दिई मूल्यवृद्धि नियन्त्रण गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । आज बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोल र डिजेलमा सरकारले लि‌ंदै आएको करलाई घटाएर राहत दिने निर्णय गरेको थियो । सोही अनुसार सरकारले मूल्य घटाएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार