Nic Ad Nic Ad
Nic Ad Nic Ad

१५० वर्षसम्म बाँच्न चाहन्थे माइकल ज्याक्सन

बिहीबार, मंसिर ८, २०७९
लसएञ्जल्स– विश्वमा धेरै नै पप स्टार भएका छन्, तर किङ अफ पप माइकल ज्याक्सनले नै सारा विश्वमा आफ्नो गायकी र नृत्यको छाप छोडेका छन् । उनलाई अहिले पनि विश्वको कुना कुनाले चिन्दछ । उनले आजकै दिन अर्थात २५ जून २००९ मा लसएञ्जल्समा अन्तिम श्वास फेरेका थिए । ५० वर्षको उमेरमा हृदयघातका कारण उनको निधन भएको थियो । माइकलको जन्म अगष्ट २९ मा अमेरिकाको इण्डियाना प्रान्तको एक सहर गैरीमा भएको थियो । बाल्यकालदेखि नै संगीतमा रुची राख्ने माइकल सन् १९६४ मा आफ्नो भाईको पप समूहमा आबद्ध भए । यद्यपि उनले विश्वभर पहिचान त्यो समय पाए, जब उनले सन् १९८२ मा आफ्नो एलबम ‘थ्रिलर’ सार्वजनिक गरे । यो एलबमपछि उनको लोकप्रियता बढ्यो र उनको गायन शैली तथा स्टाइलको जोकोही फ्यान बने । यो विश्वमा सबैभन्दा बढी बिक्री भएको एलबम हो । माइकलको निधन त ५० वर्षमा भयो, तर उनी १ सय ५० वर्षसम्म बाँच्न चाहन्थे । यसका लागि उनले १२ डाक्टरको टिम पनि राखेका थिए । जो जहिल्यै माइकलसँगै हुन्थे । यो टिमले नियमित रुपमा उनको स्वास्थ्य परीक्षण गर्थ्याे । यतीमात्र होइन, उनी अक्सिजनयुक्त ओछ्याउनमा सुत्थे र कसैलाई भेट्नुअघि मास्क लगाउन भुल्दैन थिए । उनले योग गर्नका लागि आफ्नो साथ १५ जनाको टिम राखेका थिए । अधिकांशले उनको निधन लागुऔषधको ओभरडोजका कारण भएको हो भनेका छन् । माइकलले आफूलाई राम्रो देखिनका लागि कैयौं सर्जरी गराएका थिए । उनको त्यो सर्जरी पनि कुनै न कुनै कोणबाट मृत्युको कारण हो भन्ने अनुमान गरिएको छ । माइकलको नाममा सबैभन्दा बढी अवार्ड जित्ने कलाकारको रुपमा गिनिजमा दर्ता भएको छ । उनको नाममा २३ वटा गिनिज रेकर्ड छन् । उनले सन् १९९४ मा लिसा मेरी प्रिसलेसँग विवाह गरेका थिए, तर दुवैले १९ महिना पछि सम्बन्धविच्छेद गरे । उनले सन् १९९७ मा नर्स डेबी रोवसँग दोस्रो विवाह गरे । उनीहरुको दुई सन्तान प्रिन्स माइकल र पेरिस माइकल छन् । तर माइकलको यो विवाह पनि सन् १९९९ मा टुंगियो । –अमरउजाला
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार