Nic Ad Nic Ad
Nic Ad Nic Ad

मातृभूमिप्रति समर्पित गीतको लोकार्पण

बिहीबार, मंसिर ८, २०७९
मोरङ–विदेशमा बसोबास गरे पनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहँदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक नेपाली गीतको लोकार्पण गरिएको छ । बेल्जियममा बसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी (पौडेल)द्वारा रचित एवं गायन गरिएको ‘वर्षौ पछि’ नामक गीतको युट्युबमार्फत लोकार्पण गरिएको छ । गीतमा विराटनगर सहर र यसका विशेषता सम्बन्धमा जानकारीमूलक सन्देश प्रवाह गरिएको छ । उक्त गीतबाट हुने आम्दानीलाई गरिब, असहायमा खर्च गरिने बेल्जियमबाट गायक सापकोटाले अनलाइनमार्फत जानकारी दिए । अर्का गायक मुरारीले आगामी दिन यस सहर तथा प्रदेशप्रति समर्पित रहने अन्य गीत ल्याउने जानकारी दिए । उक्त गीतको नेपाली चलचित्रका कलाकार नायक पुष्प श्रेष्ठ, चलचित्रका गायक रमा मण्डल, वडा नं १० का वडाध्यक्ष अर्जुन गिरी र नाट्यकर्मी भरत गुरागाईंले संयुक्तरूपमा लोकार्पण गरे । सो अवसरमा कलाकार श्रेष्ठ, गायक मण्डल, गिरी र गुरागाईंले यस क्षेत्रमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउन हामी सबैको ध्यान जार्नुपर्ने आवश्यकता औल्याए । कलाकार सापकोटाले अग्निपथ नामक नेपाली चलचित्रमा नायकका रूपमा भूमिका निर्वाह गरिसकेका थिए भने अर्का गायक मुरारीले पाँच सयभन्दा बढी गीत गाउनाका साथै टेलिसिरियल, कविता, उपन्यास प्रकाशन गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार