Nic Ad Nic Ad
Nic Ad Nic Ad

अविरल जनसाहित्य यात्रामा डा आचार्य

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक अविरल जनसाहित्य यात्राको ६९औँ शृङ्खलामा कवि डा भागवत आचार्यका एक दर्जन कविता प्रस्तुत भएका छन् । कार्यक्रममा राष्ट्र, राष्ट्रियता र श्रमिक वर्गका भाव तथा भावनाहरू अभिव्यक्त डा आचार्यका गद्य र पद्य कविताका साथै गीतसमेत प्रस्तुत गरिएको थियो । हाल नेपाल राष्ट्र बैंकमा उपनिर्देशक रहेका डा आचार्य पूर्वप्राध्यापक पनि हुन् । उनका कवितामाथि समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले आचार्यका कविताले समयबोधका साथै जनपक्षीय चिन्तनलाई आत्मसात् गरेको बताए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आरसी न्यौपानेले स्रष्टाहरुले क्रान्तिचेतलाई सधैँ जीवन्त राख्नुपर्नेमा जोड दिँदै अविरल यात्राले त्यो कडीलाई जोडेको बताए । सङ्घका अध्यक्ष राम विनयले सबैले सबैलाई गर्न मिल्ने वर्गीय प्रेम भएकाले त्यही प्रेमले आफूहरूलाई एकापसमा बाँधेको र सिर्जनाका माध्यमबाट वर्गीयता प्रकट गराउनुपर्ने खाँचो औल्याए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१६
प्रतिक्रिया दिनुहोस्