Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपाच्य तीज गीत तथा श्रव्यदृश्य सामाग्री प्रयोग नगर्न प्रतिष्ठानको अपिल

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका तीजगीतहरू र अपाच्य श्रव्यदृश्य सामाग्रीहरू प्रयोग नगर्न अनुरोध गरेको छ । प्रतिष्ठानले एक अपिलपत्र जारी गर्दै यस्तो अनुरोध गरेको हो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालद्वारा हस्ताक्षरित अपिलपत्रमा तीजगीतको नाममा संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न स्रष्टा, सर्जक, गायक/गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकहरूमा अनुरोध गरिएको छ । ‘हरेक वर्ष उल्लेखित मात्रामा तीजगीतहरू कुनै न कुनै माध्यमबाट व्यवसायिक रुपमा हेर्न सुन्न पाइन्छ । यो सुखद् पक्ष हो’ अपिलपत्रमा भनिएको छ ‘तथापि कतिपय तीजगीतको नाममा देखिएका विकृति, विसङ्गती, अभद्र श्रव्यदृश्यहरूप्रति समस्त दर्शक स्रोताहरूको गुनासो वर्षेनी आइरहने हुँदा यसवर्ष पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ध्यानाकर्षण भएको छ ।’ संस्थागत अपिललाई वेवास्ता गरी समाजमा अपाच्य किसिमका सिर्जनाहरू प्रस्तुत गरेको पाइएमा साधारण सदस्यता लगायत सम्पूर्ण संस्थागत सेवा सुविधाहरूबाट समेत वञ्चित गर्न सकिने प्रतिष्ठानले जनाएको छ । संस्थाको अपिललाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेपछि गतवर्ष गायक दुर्गेश थापालाई प्रतिष्ठानले साधारण सदस्यबाट हटाएको थियो । यसवर्षको तीज आगामी भदौ १४ गते मंगलबार मनाइँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार