नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने आईसीसीको प्रतिवद्धता
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण निलम्बन फुकुवा भएको औपचारिक जानकारी गराएको छ ।
नेपाल भ्रमणमा रहेका आईसीसी डेभलप्मेन्टका अध्यक्ष इमरान ख्वाजाले नेपालले पूरा गर्नु पर्ने सबै प्राबधान चरणबद्ध तरिकाले पूरा गरेको कारण सबै निलम्बन फुकुवा भएको बताए । उनले नेपाली क्रिकेटको विकासका लागि आईसीसी प्रतिवद्ध रहेको समेत बताए ।
आईसीसीले गत जेठ ३१ गते क्यानमाथिको आर्थिक नियन्त्रण हटाएको जनाएको थियो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबै निलम्बन हटेकाले क्यानले आफ्ना योजना स्वतन्त तरिकाले अगाडि बढाउन पाउने अवस्था बनेको र यो महत्वपूर्ण रहेको बताए ।
आईसीसी डेभलप्मेन्टका चेयरम्यान ख्वाजासँगै आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारी नेपाल भ्रमणमा छन् ।
क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन २०१६ अप्रिलमा निलम्बन गरेको थियो । २०७६ साल असोजमा विशेष साधारणसभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेपनि आर्थिक नियन्त्रण भने फुकुवा गरेको थिएन । जुन निलम्बन केही दिन अघि फुकुवा भएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:२७
प्रतिक्रिया दिनुहोस्