योगी आदित्यनाथ सवार हेलिकोप्टर वाराणसीमा आपत्कालीन अवतरण
काठमाडौँ– भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सवार हेलिकोप्टर वाराणसीमा आपत्कालीन अवतरण गरेको छ ।
हेलिकोप्टरमा एउटा चरा ठोक्किएपछि आपत्कालीन अवतरण गराईएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मुख्यमन्त्री योगी सुरक्षित रहेको जानकारी दिइएको छ । मुख्यमन्त्री योगीका लागि अर्को जहाज पठाइने र उनी त्यहाँबाट लखनऊ जाने बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
लखनऊका लागि उडेको उक्त हेलिकोप्टर करिब १५ हजार फिटमाथि पुगेपछि एउटा चरासँग ठोक्किएको थियो । त्यसलगत्तै हेलिकोप्टरलाई सुरक्षित अवतरण गराइएको थियो ।
मुख्यमन्त्री योगी शनिबारदेखि वाराणसीको दुई दिवसीय भ्रमणमा थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:४८
प्रतिक्रिया दिनुहोस्