Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णाली प्रदेशमा फिल्म कार्यशाला

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–केबी फिल्म्सको आयोजनामा यही असार १४ देखि असार १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ हुने भएको छ । संस्थाका अध्यक्ष भुपेन्द्रकुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको छ । यसपटक कार्यशालामा फिल्म निर्देशक एवम् अभिनेता नीर शाह र चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवम् फिल्म निर्देशक दयाराम दाहालको विशेष कक्षा हुनेछ । ‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको सांस्कृतिक विविधता, जनजीवनको कथालाई फिल्ममा ल्याउनका लागि सो प्रदेशमै दक्ष फिल्मकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो । विविध साधन र श्रोत भएर पनि कर्णाली प्रदेश फिल्म निर्माणमा निकै पछाडि छ,’ खड्काले भने, ‘कर्णाली प्रदेशको भौगोलिक अनेकता, सांस्कृतिक विविधता यहाँका जनजीवनको कथालाई काठमाडौंका सिनेकर्मीभन्दा यहीँका सिनेकर्मीले राम्ररी बुझेर सिनेमामा उतार्न सक्नेछन भन्ने विश्वासका साथ कर्णाली प्रदेशमै दक्ष फिल्मकर्मी जन्माएर उनीहरु मार्फत कर्णालीको जन जीवनका कथालाई नेपाल सहित विश्वमा पुर्याउन यो फिल्म कार्यशाला आयोजना गरिएको हो ।’ दुर सञ्चार प्राधिकरणको सह आयोजना तथा चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उद्योग वाणिज्य संघ सुर्खेतको सहकार्यमा यो कार्यशाला सम्पन्न हुने खड्काले बताए । कार्यशालामा फिल्म निर्देशक गीतकार एवम् पत्रकार डब्बु क्षत्रीले फिल्म लेखन निर्देशन, छायाकार विष्णु कल्पितले छायांकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, लेखक शिवम अधिकारीले लेखन सम्बन्धी कक्षा लिनेछन् । कार्यशालामा फिल्म निर्देशक राजु केसीले कार्यशालाको संयोजन तथा गीतकार कलाकार हरि बिष्टले स्थानीय व्यवस्थापन एवम् सरिता भारतीले कार्यशालाको मिडिया संयोजन र विश्व सापकोटाले पब्लिसिटी व्यवस्थापन गर्दैछन् । एक साता लामो यो कार्यशालामा फिल्म प्रोडक्सनलाई बढी महत्व दिईने संयोजक राजु केसीले बताएका छन् । प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत फिल्मबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाँकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिईने छ । जसका लागि नेपाली फिल्म उधोगका दक्ष फिल्मकर्मीले कर्णाली फिल्म कार्यशालामा प्रशिक्षण दिनेछन् । यो कार्यशालामा सकेसम्म कर्णाली प्रदेशका सबै जिल्लामा कम्तीमा एक एक जना मात्र भए पनि प्रशिक्षार्थी समेट्ने हाम्रो प्रयास हुनेछ । फिल्म कार्यशालामा सहभागी विधार्थीहरुले एक सातासम्म फिल्म सिकेर प्रयोगात्मक रुपमा फिल्म पनि निर्माण गर्ने छन् । ती फिल्मलाई महोत्सबमा पनि पठाउने आयोजक पक्षको कथन छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार