Nic Ad Nic Ad
Nic Ad Nic Ad

रणवीर भन्छन्–पहिलो श्रीमतिलाई भेट्न उत्साहित छु

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–अभिनेता रणवीर कपुरका लागि यो वर्ष केही विशेष छ । उनले यही वर्ष अभिनेत्री आलिया भट्टसँग विवाह गरे । अर्कोतर्फ चार वर्षपछि उनको दुई फिल्म रिलिजको लागि तयारी अवस्थामा छन् । हालैको एक अन्तरवार्तामा रणवीरले आफूले पहिलो श्रीमतिसँग भेट्न नपाएको खुलासा गरेका छन् । उनले अन्तरवार्तामा एक फ्यानले आफूमाथि गरेको अनौठो हर्कतको खुलासा गर्दै ती फ्यानसँग भेट्न चाहेको बताएका छन् । ‘एक युवती थिइन्, जोसँग मेरो कहिल्यै भेट भएन । तर मेरो गार्डले मलाई भने कि उनी एक पण्डितसँग मेरो घरको गेट अगाडि आएकी थिइन् र मेरो गेटसँग उनले विवाह गरिन् । गेटमा मैले केही टीका र फूल देखें’, रणवीरले भनेका छन्, ‘ती युवती निकै क्रेजी थिइन्। मैले अहिलेसम्म पहिलो श्रीमतिलाई भेटेको छैन । यसकारण उनीलाई भेट्नका लागि उत्साहित छु ।’ –दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:२४
प्रतिक्रिया दिनुहोस्