Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभाबाट जिजीजीसँगको सम्झौता स्वीकृत

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ– प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट’ (जिजीजी) को सहभागितामूलक सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्झौतालाई स्वीकृत गरेकोछ । बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले सो सम्झौता स्वीकृतिका लागि गरेको प्रस्तावमा सामान्य छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले स्वीकृत भएको हो । छलफलमा उठेका विषयमाथि जवाफ दिँदै मन्त्री यादवले उक्त सम्झौताले वातावरण र विकासमा सन्तुलन कायम गर्न तथा दिगो विकासका लक्ष्यहरू पूरा गराउन सहयोग गर्नाका साथै जलवायु परिवर्तन र गरिबी न्यूनीकरणका लागि सघाउने बताए । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते सोमबार दिउँसो १ बजे बस्नेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०४
प्रतिक्रिया दिनुहोस्