यस्तो छ आजको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ १ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ३७ पैसा र बिक्री दर १५४ रुपैयाँ ११ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ १८ रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९० पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४५ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६९ पैसा र बिक्री दर १८ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ३३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम भएको छ ।