Nic Ad Nic Ad
Nic Ad Nic Ad

शहरी विकास मन्त्री मेटमणि चौधरीले गरे पदभार ग्रहण

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गरेका हुन् । सो क्रममा उनले शहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिवद्धता जनाए । उनले आफुले सवैसंग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अबधीमा नजिता देखिने गरि काम गर्ने पनि बताए । उनले यसअघि भएका कामको निरन्तरता र नयाँ काममा आफ्नो ध्यान रहने धारणा राखे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:२६
प्रतिक्रिया दिनुहोस्