Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोडल हन्ट नेपालको अडिसन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौ–नेक्स्ट मोडल नेपालको आयोजनामा ‘मोडल हन्ट नेपाल २०२२’ को अडिसन सुरु भएको छ । गत शनिबारबाट काठमाडौंदेखि प्रतियोगीताको अडिसन सुरु भएको हो । अडिसन ९ जुलाईसम्म चल्नेछ । अडिसनमा देशभरबाट युवा युवतीले सहभागीता जनाइरहेका छन् । प्रतियोगिताको यो सातौं संस्करण हो । प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीको सहभागिता रहनेछ । अडिसनबाट छानिएका प्रतियोगीको जानकारी ९ जुलाईको अन्तिम अडिसनपछि सार्वजनिक गरिनेछ । प्रतियोगिता ७ वर्षयता नियमित आयोजना हुँदै आएको छ । अडिसनको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्राफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल¬), रुबिस्का श्रेष्ठ (व्यावसायिक मोडल) र अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) लगायत रहेका छन् । प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्