क्रिकेट एक्सिलेन्स सेन्टरका १० विद्यार्थीलाई जिम्बु थकालीको छात्रवृत्ति
काठमाडौँ– बालुवाटारमा रहेको क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० जना युवा क्रिकेटरलाई काठमाडौँको प्रख्यात रेस्टुरेन्ट जिम्बु थकालीले छात्रवृत्ति प्रदान गरेको छ ।
व्यवसायको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रेस्टुरेन्टले १० युवा खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृत्ति सम्बन्धि सम्झौता पत्रमा जिम्बु थकालीका प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगर र क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगरले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सेन्टरमा प्रशिक्षणरत १० खेलाडीहरुले जिम्बु थकालीको तर्फबाट एक वर्षको लागि छात्रवृत्ति पाउनेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:५३
प्रतिक्रिया दिनुहोस्