आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा, अर्को सुनुवाइ असार १९ गते
काठमाडौँ - सरकारले गरेको नेपाल प्रहरीका आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज (सोमबार) पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ । मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रो पटक हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:४६
प्रतिक्रिया दिनुहोस्