केपी ओलीको कारण मुलुक पटक पटक समस्यामा पर्यो: नेपाल
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिबादी प्रवृति हावी भएका कारण मुलुक पटक पटक समस्यामा परेको तर्क गरे ।
सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताएका छन् ।
अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अरुमाथि भरोसा नगरि सवै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिए। अवको निर्वाचनमा सवै स्थानमा उम्मेदवारी दिने उनको भनाई छ ।
उनले छोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन बिस्तारमा ध्यान दिनुपर्ने जिकिर गरे ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठक मंगलबारसम्म चल्ने समाजवादीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:४६
प्रतिक्रिया दिनुहोस्