दिलमाया प्रकरणमा सूर्यलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं–लोकदोहोरी गायिका दिलमाया सुनार(विक)को शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। सोमबार मात्रै दिलमायाका बुबा केशर बिकले श्रेष्ठविरुद्ध बालाजु प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
बालाजु प्रहरी प्रमुख गौतम मिश्रका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
नेपालटारस्थित डेरामा शनिबार बिहान मृत अवस्थामा भेटिएकी दिलमायाको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि हत्या हो या आत्महत्या हो भन्ने विषय अझ प्रष्ट हुने जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:००
प्रतिक्रिया दिनुहोस्