क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
सोमबार काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत पदाधिकारीले क्यानडा र स्कटल्याण्ड भ्रमणमा जाने नेपाली टोलीलाई बिदाई गरेका हुन् ।
नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । त्यसअघि नेपालले क्यानडामा एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।
नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
त्यसअघि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ । बिदाई कार्यक्रममा राखेपका सदस्य सचिव घिसिङले जनतालाई सकारात्मक जवाफ दिने गरि प्रदर्शन गर्न सुझाव दिए ।
नेपाली टिमका कप्तान सन्दीप लामिछानेले क्यानडा र स्कटल्याण्डका लागी टिम व्यालेन्समा रहेको बताए । क्यानले यसअघि नै क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:२९
प्रतिक्रिया दिनुहोस्