Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुल्गेरियाका प्रधानमन्त्रीद्वारा राजीनामा

बिहीबार, मंसिर ८, २०७९
सोफिया– बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले अविश्वासको प्रस्ताव पारित भएपछि आफ्नो गठबन्धन सरकारको तर्फबाट राष्ट्रिय सभामा सोमबार राजीनामा बुझाएका छन् । संसदको प्रेस कार्यालयले जनाए अनुसार विश्वासको मत लिन नसकेपछि राजीनामा दिनुर्ने संवैधानिक प्रावधान छ । पेटकोभको सरकारले नयाँ मन्त्रिपरिषद्को निर्वाचन वा नियुक्ति नभएसम्म काम चलाउको हैसियतमा काम गर्नेछ। सत्तारुढ गठबन्धनका चार साझेदार मध्येको एक जनता पार्टीले गत डिसेम्बरमा निर्वाचित भएको सरकारमा आफ्नो सहभागिता फिर्ता लिएको दुई सातापछि बुधबार मन्त्रिपरिषद् विघटन गरिएको थियो। (रासस–एएनआई–सिन्ह्वा)
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्