आज सार्वजनिक भएको महिन्द्राको 'अल–न्यू स्कर्पियो–एन’ मा के छ विशेषता !
काठमाडौँ– एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले भारतसँगै नेपालमा आज आफ्नो बहुप्रतीक्षित एसयुभी, 'अल–न्यू स्कर्पियो–एन'को सार्वजनिक गरेको छ ।
आज सार्वजनिक भएको 'स्कर्पियो–एन' मा कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको छ । अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्दछ ।अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ । यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्दछ ।
अल–न्यू स्पर्पियो–एनको शुरूआतले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ, कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ । ‘ट्विन पिक’ लोगोका खास विशेषता– यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित अल न्यू स्कपिर्यो एन साँच्चिकै एक वैश्विक उत्पादन हो ।
घोषणा कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भने– “भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यू स्कर्पियो–एन एकैसाथ अनावरण गर्न पाउँदामा हामी हर्षित छौं । अल–न्यू स्कर्पियो–एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको श्रृङ्खलामध्ये पहिलो हो । यो नयाँ ‘ट्विन पिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि हो । यो नयाँ ब्रान्ड पहिचान परिष्कृत र प्रामाणिक एसयूभीहरूको निर्माता बन्ने महिन्द्राको रणनीति अनुरूप छ । यसले हाम्रो एसयूभी पोर्टफोलियोमा रणनीतिक परिवर्तनको घोषणा गर्छ, यो नयाँ संसारका लागि प्रस्तुत गरिने प्रामाणिक एसयूभीहरू श्रृंखलाको यो पहिलो कदम हो । ”
शुभारम्भमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, “अग्नि मोटर्सले महिन्द्रासँगको हाम्रो सम्बन्धप्रति गौरवान्वित छ, जुन तीन दशकभन्दा लामो समयदेखि कामय छ र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर छ । स्कर्पियो ब्राण्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रुपमा आफूलाई स्थापित गरेको छ । यसले गर्व, सम्मान र उपस्थिति दर्शाउँछ, जसलाई हराउन गाह्रो छ । नयाँ अल–न्यू स्कर्पियो–एन ले नेपालको एसयूभी–स्वामित्व अनुभवलाई पुनः परिभाषित गर्ने प्रतिज्ञा गरेको छ । भारतको शुभारम्भसँगै नेपालमा पनि अल–न्यू स्कर्पियो–एन प्रस्तुत गर्न पाएकोमा हामी गौरवान्वित छौं ।”
रोमाञ्चक कार्यदक्षता
नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो–एनलाई इञ्जिनियरिङ गरिएको छ । हाम्रो नयाँ तेस्रो पिढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो–एनले अग्रणी वर्ग– (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको गर्व गर्दछ । द स्कर्पियो–एन एक , जसमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ (४×४) विकल्पसहित छ ।
छुटाउन नसकिने उपस्थिति
द स्कर्पियो–एन ले पौरुसत्व कारकलाई पूरै नयाँ तहमा अगाडि लैजान्छ । सिग्नेचर ह्वील आर्चहरू पौडीवाज व्यक्तिको पुष्ट रूपरेखा (सिन्यूल सिल्हुट)बाट प्रेरणा लिंदै अझ बढी आकर्षक मासंपेशीयुक्त (मस्कुलर) बनाइएका छन् । धातुको स्कर्पियो (बिच्छी)को पुच्छरजस्तो तत्वलाई बेल्टलाइनमा निर्बाध रूपमा एकीकृत गरिएको छ, यो झ्यालको माथिसम्म पूरै घुम्दै, स्कर्पिया –एनलाई थप आकर्षण दिन्छ । डिजाइनको कमान्डिङ प्रकृति सहजै अग्रभागमा पनि अनुवादित भएको छ । स्कर्पियो (बिच्छी)को चरित्र सर्वव्यापी छ किनकि अग्लो, स्ट्याक गरिएको टेलल्याम्प डिजाइनले अगाडिको जस्तै पछाडिको भागमा एक प्रभावशाली उपस्थिति जनाउँछ ।
प्रिमियम रूपमा सजाइएको आन्तरिक साजसज्जा
पूर्णतः नयाँ द स्कर्पियो–एन बाहरिजस्तै भित्री रूपमा पनि मनमोहक छ । उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरूका साथ यात्रुहरूलाई स्वागत गर्दछ, जसले ‘प्रिमियम–नेस’लाई अर्को स्तरमा लैजान्छ । द स्कोर्पियो–एनका भित्री भागलाई अत्यधिक परिष्कृत अनुभूति प्रदान गर्नका डिजाइन गरिएको छ, जसले चालक र यात्रुहरूलाई समान रूपमा आनन्दित तुल्याउँछ ।
परिष्कृत सवारी सञ्चालन र ह्यान्डलिङ
द स्कर्पियो–एनले बेन्चमार्क ड्राइभिङ गतिशीलता प्रदान गर्न उपलब्ध सबैभन्दा जटिल प्रविधिहरूको प्रयोग गर्दछ । गतिशील क्षमता र आश्वासनदायी ह्यान्डलिङ क्षमताहरूको उल्लेखनीय स्तर प्रस्ताव गर्न नवीनतम पुस्ताको बडी–अन–फ्रेम संरचनालाई अनुकूलन गरिएको छ । यसबाहेक, आत्मविश्वासपूर्ण सवारी सञ्चालन र ह्यान्डलिङ विशेषता प्रदान गर्न पेन्टा–लिंक रियर
सस्पेन्सनयुक्त सेगमेन्ट–फस्र्ट वाट्स लिंक प्रणाली रहेको छ । यसको श्रेणीमा रहेको गाडीको लागि स्टेरिङ सेटअप उल्लेखनीय रूपमा सहज र प्रतिक्रियाशील हुन्छ तथा चार वटै डिस्क ब्रेकले आनन्ददायी तर सुरक्षित ड्राइभ सुनिश्चित गर्छ ।
‘जहाँ गए पनि’ क्षमता
द स्कर्पियो–एन फस्र्ट–इन–क्लास, इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट टेक्नोलोजीको साथ सबै भूभागहरूमा आधिपत्य कायम गर्ने गरि डिजाइन गरिएको छ । केवल स्पर्शका साथ, इलेक्ट्रिक सिफ्ट–अन–द–फ्लाई ४व्हील ड्राइभ सिस्टमले २डब्ल्यूडी मोडबाट द स्कर्पियो–एनलाई सबै–विजय गर्ने, सक्षम ४डब्लूडी प्राणीमा रुपान्तरण गर्दछ । स्कर्पियो–एनले पनि चालकको मुडः जिप, जाप र जूम मिलाउन तीन ड्राइभ मोड प्राप्त गर्दछ । विशेष गरी भीडभाडयुक्त (ट्राफिक)मा सहज सवारीका सवारी लागि जिप, वास्तविक महिन्द्रा एसयूभी कार्यदक्षता लागि जाप र, थप आकर्षक र रोमाञ्चक सवारी सञ्चालको गुणस्तरको लागि जुम अप हाे ।
प्रविधिसँगै उभिने
अल–न्यू स्कर्पियो–एनले प्रविधिमा उच्च स्कोर हासिल गर्दछ, जसले सहरी तथा प्राविधिक ज्ञान भएका ग्राहकहरूलाई अतुलनीय मूल्य प्रस्ताव प्रदान गर्दछ, जो आफ्नो एसयूभीसँग अर्को स्तरमा सहभागिताको खोजीमा छन् ।
स्वच्छ अन्तस्करण
अल–न्यू स्कर्पियो–एनमा यसको सेगमेन्टमा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ । सुरुदेखि नै सक्षम इन्जिनियरिङ र उत्पादन विकासद्वारा यो उपलब्धि हासिल गरिएकोे हो । कार्बन तटस्थतातर्फ अघि बढ्ने महिन्द्राको लक्ष्य अन्तर्गत एमएन्डएमले सचेतनापूर्वक धेरै वातावरण मैत्री निर्माण प्रक्रिया अपनाएको छ ।