सभामुख सापकोटाद्वारा दुई विधेयक प्रमाणिकरण
काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयकमा प्रमाणिकरण गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत भएपछि पारित “बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ र “बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ लाई प्रमाणित गरेका हुन् ।
अब यी विधेयकलाई राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि विधेयकले कानुनी रुप लिने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:०८
प्रतिक्रिया दिनुहोस्