Nic Ad Nic Ad
Nic Ad Nic Ad

किराँत एकेडेमी पुरस्कारका लागि सात कृति प्रतिष्पर्धामा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– किराँत एकेडेमीले ‘किराँत एकेडेमी पुरस्कार’का लागि सात कृतिले प्रतिष्पर्धा गर्ने भएका छन् । एकेडेमीले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल’ तथा केवल बिनाबीको कवितासंग्रह ‘यादहरूको संग्रहालय’ छन्। त्यसैगरी राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको ‘नेपालको इतिहास एक मार्क्सवादी अध्ययन’ छन् । एकेडेमीका अध्यक्ष भुपाल राई र महासचिव चेतनाथ धमलाद्वारा जारी विज्ञप्तिमा प्रतिरोधी साहित्य, क्षेत्रीय एवम् समावेशी वाङ्मयको अध्ययन, समाजवादी अर्थराजनीति, दलित सौन्दर्य चेतनालाई कृति छनोटको आधार बनाइएको उल्लेख छ। त्यस्तै उपेक्षित इतिहासको अध्ययन, समालोचनामा नयाँ आयाम र इतिहासको भौतिकवादी अध्ययनजस्ता आधारमा कृति छानिएको जनाइएको छ । यसअघि यो पुरस्कार युग पाठकको ‘उर्गेनको घोडा’ र झलक सुवेदीको ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’लाई दिइएको थियो। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०७
प्रतिक्रिया दिनुहोस्