Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) ले भाग लिने भएको छ । एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा मलेसिया जाने ३० सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । टोली आज राति नै मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इण्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग खेल्नेछ । एनआरटीले इण्डोनेसियाको कारो एफसीसँग यही असार १६ गते खेल्नेछ भने असार १८ गते मलेसियाको पेनाङसँग खेल्नेछ । लिगको अङ्कको आधारमा विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । पेनाङ सिटी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङ्गेट र उपविजेता टोलीले पाँच हजार मलेसियन रिङगेट प्राप्त गर्नेछ । यसैगरी एनआरटी टोली मलेसिया भ्रमण सकिए लगतै त्यहीबाट थाइल्याण्ड जानेछ । एनआरटीले मलेसिया र थाइल्याण्ड भ्रमणकै लागि विभिन्न क्लबका नौ खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ । एनआरटीले मछिन्द्रका विशाल श्रेष्ठ र रेजिन सुब्बासँगै छिरिङ गुरुङलाई अनुबन्ध गरेको हो । यसैगरी थ्रीस्टार क्लबका सन्जोक राई, च्यासलका रुमेश बर्तौला, सङ्कटाका सुवास गुरुङ, जावलाखेलका निकोलस फर्नान्डेस र गौरव श्रेष्ठ छन् । नयाँ खेलाडीको रुपमा गोलरक्षक जि टोलो लुन्ड्री रहेका छन् । पुजन होना, दिपेश घले, मेसुके ओलोमोउ, स्टेफन समिर विनोङ, शिव गुरुङ, सरोज तामाङ, अशोक थापा मगरलाई टोलीमा निरन्तरता दिएको छ । त्यसैगरी थाइल्याण्डमा पनि एनआरटीले तीन वटा मैत्रिपूर्ण खेल खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्