Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली क्रिकेट टिम क्यानडा प्रस्थान

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार बिहान २ बजे क्यानडा उडेको हो । क्यानडाको टिमसँग अभ्यास गरेर उतैबाट नेपाली टिम स्कटल्याण्ड र नामेवियासँगको सिरिजका लागि जाने छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए । नेपालले क्यानडासँग दुईवटा एकदिवसीय क्रिकेट खेल्नेछ भने क्यानडाको स्थानीय क्लबसँग पनि एक खेल खेल्ने कार्यक्रम तय भएका छ । क्यानडा भ्रमण सकिएलगत्तै नेपाली टोली त्यहीँबाट स्कटल्यान्ड जानेछ ।

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौँ स्थानमा छ । नेपालले यसअघि खेलेको १६ खेलमा सात खेलमा जीत, आठ खेलमा हार र एक खेल बराबरीसहित १५ अङ्क जोडेको छ । स्कटल्यान्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ । २० खेल खेलेको स्कटल्यान्ड २८ अङ्कका साथ दोस्रो स्थानमा छ । १४ खेल खेलेको नामिविया अङ्क तालिकाको छैटौँ स्थानमा छ । नामिवियाले सात खेलमा जीत तथा सात खेलमा हार बेहोरेको छ ।

क्यानले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको यसअघि नै घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०६
प्रतिक्रिया दिनुहोस्