Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाको टेक्सासमा लरीभित्र ४४ जना आप्रवासी मृत फेला

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोको बाहिरी क्षेत्रमा बाहिरी क्षेत्रमा एक लरीमा ४४ जना आप्रवासी मृत भेटिएका छन् ।

अमेरिकी समाचार संस्था सीएनएनका  अनुसार १६ जनालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा शेयर भएका तस्वीरहरूमा एउटा लरीको आसपास ठूलो संख्यामा उद्धारकर्मी परिचालन भएको देखिन्छ ।

गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। प्रहरीले उक्त लरीका चालकको खोजी गरिरहेको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ । चालक भने फरार छन् । सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाबाट करिब २५० किलोमिटर दूरीमा पर्दछ ।

लरीमा सवार व्यक्तिहरुको मृत्यु के कारण भएको भन्नेबारे यकिन हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्