Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ : ४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

लेदो हटाएर बिहान ५ : १० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ : १० बजे लेदो झरेपछि एकतर्फी भएको थियो ।

साढे ६ बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०९
प्रतिक्रिया दिनुहोस्