काठमाडौंमा शरणार्थीको प्रदर्शन, अधिकार सुनिश्चितताको माग (तस्विरहरु)
काठमाडौं - नेपालमा बस्दै आएका विभिन्न देशका शरणार्थीहरुले आर्थिक, सामाजिक, साँस्कृतिलगायतका अधिकार सुनिश्चितताको माग गर्दै आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) को कार्यालय अगाडि उनीहरुले विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको मागको पहिलो बुँदामा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने रहेको छ ।
यस्तै निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शतप्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार सुनिश्चित गर्नुपर्ने उनीहरुले माग राखेका छन् । उनीहरुले आफूहरुमाथिको भेदभाव अन्त्य गर्नुपर्ने माग पनि गरेका छन् । त्यस्तै, घर फर्कन चाहनेलाई उचित वातावरण बनाई दिन पनि उनीहरुले माग गरेका छन् ।