शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि कमी
काठमाडौँ - शेयर बजार आज (मंगलबार) पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा ओर्लिएको छ ।
बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । २३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज लक्ष्मी इक्विटी फन्डको शेयर झण्डै ६ प्रतिशतले तथा जनरल इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, सिंगटी हाइड्रो र नेपाल इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले तथा उन्नति सहकार्य लघुवित्तको शेयर झण्डै आठ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२१
प्रतिक्रिया दिनुहोस्